प्रधानमन्त्री दाहाल स्वदेश फर्किए‚ त्रिभुवन विमानस्थलमा यस्ता थिए दृश्य (तस्वीर समाचार)

रोजन श्रेष्ठ
२०८० असोज १३ गते १२:१८ | Sep 30, 2023
प्रधानमन्त्री दाहाल स्वदेश फर्किए‚ त्रिभुवन विमानस्थलमा यस्ता थिए दृश्य (तस्वीर समाचार)


काठमाडौं। संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किएका छन्। गत भदौ ३० मा अमेरिका उडेका दाहाल असोज ५ गते त्यतैबाट चीन पुगेका थिए।

Tata
GBIME
NLIC

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरे।

चीनको साताव्यापी भ्रमण गरेको प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको टोली छन्दु पुगेको थियो। त्यहाँबाट काठमाडौं फर्किएको हो। दाहालको भ्रमणले नेपाल-चीन व्यापारिक साझेदारी बढ्ने अपेक्षा उद्योग वाणिज्य महासंघले गरेको छ।