
काठमाडौं। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन, टिगोर र टियागो इभीसँगै अब लाइट कमर्सियल इभी पनि नेपाल ल्याउने भएको छ।
कम्पनीका अनुसार सिप्रदीले यसै हप्ता टाटा एस इभी पिकअप नेपाली बजारमा आउनेछ। कम्पनीले प्यासेन्जर सेग्मेन्टमा नेक्सन र टिगोर इभी ल्याएर एउटा सफलता हात पारिसकेको छ। त्यस्तै ह्याचब्याक सेग्मेन्टको टियागो पनि नाडा अटो शोमा ५०० युनिटभन्दा धेरै बुकिङ गरिसकेको छ।
एस पिकअप इभीमा ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ। यस्तै नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर पनि यसमा उपलब्ध छ।
गाडीमा टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर भ्यु क्यामरा छ। यसले ७ सेकेन्डमा ०-३० किलोमिटर प्रति घन्टाको स्पिड तय गर्न सक्छ।
यस्तै ब्याट्रीको लागि वाटरप्रुफ आईपी ७६ प्रमाणित स्ट्यान्डर्ड छ। साथै स्मार्ट कनेक्टिभिटीमा नेभिगेसन, भेहिकल ट्रयाकिङ, फ्लिट टेलिमेटिक र जिओ फेन्सिक सुविधा उपलब्ध छ।
ब्रेकिङको समयमा पनि ब्याट्री रिचार्ज हुन्छ। यसमा भएको ब्याट्री फाष्ट चार्जिङले फुल चार्ज गर्दा १०५ मिनेट लाग्छ। यसले एक पटकको फुल चार्जमा १५४ किलोमिटर रेन्ज प्रदान गर्छ। यसमा २१.३ किलोवाट आवर(युनिट) क्षमताको लिथियम आयोन आरन फोस्फेट ब्याट्री छ।

यस्तै यसमा २७ किलोवाटको मोटर छ। जसले १३० न्युटन मिटर पावर उत्पादन गर्छ।
यो पिकअप इभी रियर ह्वील ड्राइभ र क्लच फ्री छ। साथै सिंगल स्पिड गियर बक्स उपलब्ध छ। यसको म्याक्स स्पिड ६० किलोमिटर प्रति घन्टाको रहेको कम्पनीले जनाएको छ। यसमा फ्रन्ट डुअल सरक्वीट हाइड्रोलिक डिस्क र रियरमा ड्रम ब्रेक छ।
यसको ह्वील १७ इन्चको र ह्वीलबेस २१०० छ। यस्तै ग्राउन्ड क्लियरेन्स १६० एमएमको छ। कम्पनीले ब्याट्रीमा ६ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ।