एसिया कपमा महाभिडन्त : पाकिस्तानविरुद्ध सुरुवाती ब्याटिङ गर्दै भारत

बिजमाण्डू
२०८० भदौ २४ गते १५:०६ | Sep 10, 2023
एसिया कपमा महाभिडन्त : पाकिस्तानविरुद्ध सुरुवाती ब्याटिङ गर्दै भारत
Photo : PCB


पाकिस्तानले भारतलाई सुरुवाती ब्याटिङको निम्ता दिएको छ। एसिया कप अन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर भारतलाई सुरुवाती ब्याटिङको निम्ता दिएका हुन्।

Tata
GBIME
NLIC

समूह ‘ए’ मा दुबै टोलीले नेपाललाई हराएर सुपर फोरमा स्थान बनाएका थिए। समूह चरणमा यी दुई टोलीबीचको खेल चलिरहँदा वर्षा भएपछि खेल नतिजा विहीन बनेको थियो।

सुपर फोरको खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ भने भारतले पहिलो खेल खेल्दैछ। पाकिस्तान आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।‍

भारत र पाकिस्तान फाइनल पुगेको खण्डमा यी दुई टोली एसिया कपमै तीन खेलमा आमनेसामने हुनेछन्।

भारतको प्लेइङ ११
रोहित शर्मा, शुभमन गिल, विराट कोहली, इशान किसन, केएल राहुल, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, सार्दुल ठाकुर, कुलदीप यादव, जसप्रीत बुमारह र मोहम्मद सिराज

पाकिस्तानको प्लेइङ ११
बाबर आजम, शादब खान, फकर जमान, इमान उल हक, सलमान अली आघा, इफ्तिकार अहमेद, मोहम्मद रिजवान, फहीम अस्रफ, नसीम शाह, शाहीन शाह अफ्रीदी र हरिस रउफ