हिमालयन ८०-२०ले एक अर्बको म्युचुअल फण्ड बिक्री खोल्यो, १ करोड इकाइसम्म आवेदन दिन मिल्ने

बिजमाण्डू
२०८० साउन ३२ गते १२:३२ | Aug 17, 2023
हिमालयन ८०-२०ले एक अर्बको म्युचुअल फण्ड बिक्री खोल्यो, १ करोड इकाइसम्म आवेदन दिन मिल्ने

काठमाडौं। हिमालयन क्यापिटल लिमिटेडले आजदेखि नयाँ म्युचुअल फण्ड बिक्री खुलाएको छ। क्यापिटलले हिमालयन ८०-२० निष्कासन गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्री गर्दैछ। यो म्युचुअल फण्डको लागि आजदेखि आवेदन दिन सकिनेछ। यो योजना १० वर्षपछि परिपक्व हुनेछ।

निष्कासन हुने कुल इकाइमध्ये १५ प्रतिशत वा १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक हिमालयन बैंकलाई छुट्याइएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

न्यूनतम १०० इकाइका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ १५ गतेसम्म आवेदन म्याद थप हुने हिमालयन क्यापिटलले जनाएको छ।