एनआइबीएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार सुरु, नाम भयो एनआइएमबि एस   

बिजमाण्डू
२०८० असार १८ गते १३:२० | Jul 3, 2023
एनआइबीएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार सुरु, नाम भयो एनआइएमबि एस   


काठमाडौं। माउ कम्पनी मर्जरपछि गाभिएका दुई मर्चेन्ट बैंकिङ कम्पनीको एकीकृत कारोबार सुरु भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको एनआइबीएल एस र मेगा बैंकको मेगा क्यापिटल मार्केट्स मर्जर भएर सोमबारदेखि कारोबार सुरु भएको हो।

Tata
GBIME
NLIC

एकीकृत कम्पनीको नाम एनआइएमबि एस क्यापिटल लिमिटेड भएको छ। उक्त नामबाट कारोबार गर्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले असार ११ गते स्वीकृति दिएको हो। एनआइबीएल एसले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति (एक्विजिसन) गरेको हो।

मेगा क्यापिटललाई प्राप्ति गरेपश्चात कम्पनीहरुको एकीकृत चुक्ता पुँजी ४७ करोड भएको छ। एकीकृत भएपछि कम्पनीसँग भएका हितग्राही खाता ४ लाख ८५ हजार पुगेको छ।

७ वटा शाखा कार्यालयहरु र ५५ वटा भन्दा बढी कम्पनीको सेयर रजिष्ट्रारको काममार्फत करिब २५ लाखभन्दा बढी सेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ।

प्राप्ति (एक्विजिसन)पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भइरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलको छ।