
काठमाडौं। कामकाजी मान्छेका लागि जीवनमा एउटा यस्तो समय आउँछ, जहाँ निश्चित समय काम र घरव्यवहार चल्ने दाम हुन्छ। कामसँगै आरामका दिन हुन्छन्। यो ‘कम्फर्ट जोन’ मा तपाई केही सिर्जनशील काम गर्नुहुन्छ? कुनै व्यवसायिक जोखिम लिनु हुन्छ? काम चलिरा’छ, तलब आइरा’छ, घरव्यवहार पनि मज्जैले चलेको छ, अनावश्यक जोखिम किन लिने सोचाइ राख्नेका लागि एउटी एमबीए ग्रयाजुएटको कथा छ। जसले उनीजस्तै केही गर्न पक्कै प्रेरित गर्छ।
भारत मध्य प्रदेशको ग्वालियरकी ३६ वर्षीया दिशी सोमानीका लागि बैंकको जागिर आरामको थियो। तर, उनी त्यसबाट बाहिर निस्केर आफ्नै कुनै व्यवसाय गर्ने सोच राख्थिन्। ग्वालियर सांस्कृतिक सम्पदा र दरबारहरूका लागि परिचित सहर हो। दिशी आमा र हजुरआमाका लागि गहना डिजाइन गर्न आफ्नो घरमा कारिगरहरू आउँदै गरेको देखेर हुर्किन्।
बाल्यकालदेखि नै कलामा रुचि थियो। हुर्किएपछि करिअरले फरक बाटोमा पुर्यायो। राम्रो जागिर पाउने प्रष्ट लक्ष्यसहितको विषय रोजिन्। कलेजको शिक्षा पूरा गरिन्। बैंकमा जागिर पनि पाइन।

मनमा आफ्नै केही गर्ने हुटहुटीले छाडेन। करिब तीन वर्षपछि सन् २०१५ मा उद्यमशीलताका लागि उनले जागिर छाडिन्। उनको व्यवसायको बाटो थियो गहना डिजाइन गर्ने, बनाउन लगाउने र बेच्ने। दिशिज डिजाइनर ज्वेलरी सुरु गरिन्। उनले सोसल मिडिया प्लेटफार्मलाई मार्केटिङका लागि उपयोग गरिन्।
भारु ५ हजारबाट युनिक नो-इन्भेन्टरी आइडिया प्रयोग गर्दै थालेको उनको गहना कारोबारी कम्पनीको कारोबार अहिले ७५ लाख रुपैयाँ पुगेको छ। बैंकरबाट स्टार्टअप संस्थापकसम्मको यात्रामा एमबीए स्नातकको फड्को अहिले उनका सहकर्मीमाझ मात्रै नभइ भारतमा स्टार्टअपमा आधारित व्यवसाय गर्ने युवापुस्तामाझ चर्चाको विषय छ।
परम्परागत बैंकिङ जागिरदेखि एक अनलाइन डिजाइनर गहना ब्रान्ड स्थापना गर्न दिशी सोमानीले जोखिम लिएर निर्णय गरेकी हुन्। आफूले रोजेको बाटोलाई उनले सफल बनेर देखाएकी छन्।
दिशिज डिजाइनर ज्वेलरी दिल्लीको एक विशेष अनलाइन स्टोर हो। यसले गहनाहरु नयाँ डिजाइनमा उपलब्ध गराउँछ।
कार्यालय, दिनहुँको पहिरन, क्याजुअल लंच, एक रोमान्टिक डेट या त आफ्नै वा कसैको विवाह वा पार्टी, यस्ता सबैमा महिलाहरु गहनामा सजिएर जान रुचाउँछन्। यस्ता आवश्यकता दिशीले बनाएको गहनाले पुरा गरेको छ।

सन् २०१५ मा सुरु गर्दा उनीसँग उत्पादन सूची पनि थिएन। अहिले उनको डिजाइनमा थुप्रै गहना छन्।
‘एकजना साथी, जो एक वेब डिजाइनर हुन्, उनले मेरो वेबसाइट बनाउन मद्दत गरे। मैले मेरो पेपर स्केचहरूलाई डिजिटल ढाँचामा परिणत गर्न ग्राफिक डिजाइनरलाई पनि हायर गरें। उक्त स्केच डिजिटल रुपमा तयार भएपछि मैले मेरो वेबसाइटमा लगभग १०० डिजाइनहरू अपलोड गरें र पीसी जस्ता अन्य ई-कमर्स प्लेटफार्महरू पनि हाले। जस्तै ज्वेलर, स्न्यापडिल, र फ्लिपकार्ट,’ दिशी भन्छिन्।
दिशीको अद्वितीय व्यापार मोडेल स्टक सूची बेवास्ता गरेर चीजहरूलाई सरल बनाउँछ। कुनै खास डिजाइनलाई दिल्ली र बंगालका कारिगरहरूले हातले बनाउन १०-१२ दिन लगाउँछन्। उनी यस्ता गहनामा डेलिभरी मिरि सुनिश्चित गर्दै अर्डर लिन्छिन् र बनाउन लगाउँछिन्।
प्रारम्भिक संकलनमा उनीसँग औंठी, ब्रेसलेट, नेकलेस, झुम्कालगायत थिए। जसको मूल्य ४००० देखि ३० हजारसम्म थियो। सुन, चाँदी र हीराबाट बनेका ती डिजाइनहरू ग्राहकहरूले मन पराउँथे र दोस्रो महिनादेखि अर्डरहरू आउन थाले।
सुरुमा घरबाटै काम गर्न थालिन
दिशीले सुरुमा घरबाटै काम गर्न थालेकी हुन्। एक्लै सञ्चालन गरिन्। दुई देखि तीन महिना भित्र उनले बोर्डमा ग्राफिक डिजाइनर, एक डिजिटल मार्केटिङ विशेषज्ञ ल्याइन् र बिस्तारै आफ्नो टोली विस्तार गरिन।
आज, उनीसँग १५ जनाको टिम छ। जसमा डिजाइनर, डिजिटल मार्केटर, कन्टेन्ट राइटर र बिक्री कर्मचारीहरू छन्। जुन विशाल ३ हजार वर्ग फुटबाट सञ्चालन भइरहेको छ। उनको कार्यालय नयाँ दिल्लीमा छ।
दिशीले तयार पारेकी डिजाइनहरू युवा र वृद्ध दुवै पुस्तामा लोकप्रिय छन्। दिशीको विश्वास छ आफूले तयार पारेको डिजाइनर उत्पादनहरू उच्च मूल्यहरूसँग बराबर हुनु हुँदैन। त्यसैले उनको संकलनको मूल्य ४५०० देखि ६० हजार छ। त्यो पनि यसको उच्च गुणस्तरको सामग्री र शिल्प कौशलको बावजुद किफायती छ।
दिशीले एक्सिस बैंकमा २०१३ मा काम गरिन् र ज्वेलरी डिजाइनको कोर्स गरिन्।
दिशी दिल्ली पब्लिक स्कूल आरके पुरमकी एक मेधावी छात्रा हुन्। दिल्ली विश्वविद्यालयबाट बीकम गरेकी उनले सन् २०१० मा आईएमटी दुबईबाट एमबीए गरेकी हुन्।
आफ्नो फरक पहिचानको चाहना
दिल्ली फर्केर उनले आईसीआईसीआई बैंक र त्यसपछि एक्सिस बैंकमा सहायक प्रबन्धकको रूपमा काम गरिन। जब उनको काम आर्थिक रूपमा इनामदायी थियो तर उनी आफूलाई छुट्टै पहिचानको रुपमा चिनाउन चाहन्थिन।
‘मैले मेरो बैंकिङ जागिर छोडे किनभने म एक क्रियटिभ व्यक्ति हुँ र मैले बैंकिङ क्षेत्रमा केही क्रियटिभ काम गरिरहेको थिइन,’ दिशा भन्छिन्, ‘बैंकको काम सहज थियो र तलब राम्रो थियो। तर मलाई एक शून्यता महसुस भयो। कुनै पनि रचनात्मक काम गर्न सक्षम हुन पाइएन।’
दिशीले बैंकको जागिर छोड्ने निर्णय आमाबाबुलाई सुनाएकी थिइन। बाबा शिक्षाविद् थिए। ‘मेरो आमाबुवाले मलाई व्यवसाय सुरु गर्दा सम्बद्ध जोखिमहरू बारे सचेत गराउनुभयो। उहाँहरू विशेष गरी मेरो आर्थिक सुरक्षाको बारेमा चिन्तित हुनुहुन्थ्यो, मैले राम्रो तलबको जागिर छोड्दैछु,’ दिशी भन्छिन्।
जागिर छोडेपछि दिशीले डिजाइनका लागि इन्डियन इन्स्टिच्युट अफ जेम्स एन्ड ज्वेलरी नयाँ दिल्लीबाट ज्वेलरी डिजाइन र निर्माणमा डिप्लोमा गरिन।
‘मेरो उद्देश्य एउटा डिजाइनर ज्वेलरी ब्रान्ड सुरु गर्ने थियो, त्यसैले मैले आफ्नो सीपलाई तिखार्न र डिजाइनिङ क्षेत्रमा मेरो बुझाइलाई फराकिलो बनाउन सकेसम्म धेरै ज्ञान संकलन गर्ने निर्णय गरें,’ उनी भन्छिन्।

अनि सुरु भयो दिशीज डिजाइनर ज्वेलरी
सन् २०१५ उनले ‘दिशीज डिजाइनर ज्वेलरी’ सुरु गरिन्। पहिलो महिनामा डिजाइनहरू गर्न र तिनीहरूलाई विभिन्न प्लेटफर्महरूमा बिक्रीको लागि सेटअप गर्नमा ध्यान केन्द्रित गरिन्।
दोस्रो महिनादेखि नै उनले बिक्री बढेको महसुस गर्न थालिन। ‘दोस्रो महिनामा मेरो लगभग १५ बिक्री भयो, र तेस्रो महिनामा यो संख्या बढेर २५ पुग्यो। मेरो पहिलो अर्डर १० हजार रुपैयाँमा थियो। यसले मेरो व्यवसायिक विचारको सम्भावना छ भन्ने आशाको भावना जगायो,’ दिशीले भनिन्।
उनको उक्त अनलाइन संग्रहमा सुन, चाँदी र हिराका गहनाहरू छन्।
दिशीको अनौठो व्यापार मोडेललाई स्टकिङ इन्भेन्टरीमा ठूलो लगानीको आवश्यकता पर्दैन किनभने गहना अर्डर गरेपछि मात्र बनाइएको थियो।
‘म मेरो वेबसाइट र ई-कमर्स प्लेटफर्महरूमा मेरो डिजाइनहरू अपलोड गर्नेछु। अर्डर प्राप्त गरेपछि म निर्माण प्रक्रिया किकस्टार्ट गर्नेछु र त्यसपछि अर्डर पठाउनेछु। यो प्रक्रिया अहिले पनि उस्तै छ,’ दिशी बताउँछिन्।
डिजाइनर पिस भए पनि दिशीले आफ्नो गहना उचित मूल्यमा बिक्रीमा राख्छिन्। ‘मलाई दृढ विश्वास छ कि डिजाइनर उत्पादनहरू स्वचालित रूपमा ‘महंगा’ को अर्थ हुनु हुँदैन,’ उनी थप्छिन्।
सोसल मिडियाको भर
उनको डिजाइनर गहना अब अमेजन, फ्लिपकार्ट, अजिओ र उनको आफ्नै वेबसाइटमा उपलब्ध छ। र चाँडै नै निकामा लन्च हुनेछ। ‘अनलाइन-मात्र व्यवसाय भएकोले हामी हाम्रा उत्पादनहरू प्रवर्द्धन गर्नको लागि सोशल मिडिया, गुगल विज्ञापनहरू, र ई-कमर्स बजारहरूमा धेरै निर्भर छौं,’ दिशी भन्छिन्।
जब दिशीले आफ्नो ज्वेलरी लेबल सुरु गरिन भारतमा अनलाइन स्पेसमा केही खेलाडीहरू मात्र थिए। र प्रतिस्पर्धा कम थियो। वेबसाइटले सुरुवाती दुई-तीन वर्षमा सुस्त संलग्नता पनि देख्यो किनभने ग्राहकहरूले उनीहरूलाई व्यक्तिगत रूपमा नदेखेर महँगो गहना अर्डर गर्न अनिच्छुक थिए।
कोभिड-१९ महामारीले चुनौतीहरूको हिस्सा ल्यायो तर नयाँ अवसरहरू पनि खोल्यो। ‘महामारीभन्दा पहिले धेरै थोरै मानिसहरूले हिरा र चाँदीका गहनाहरू अनलाइन किनमेल गर्न रुचाउदैनथे। तर पछि परिस्थिति परिवर्तन भयो, मेरो ब्रान्डको बिक्री बढ्यो,’ उनी सम्झन्छिन्।
कडा लकडाउनको समयमा कुनै बिक्री नभए पनि दिशीले आफ्ना कर्मचारीहरूलाई आफ्नो कम्पनीको सम्पत्तिको रूपमा मूल्यांकन गर्दै भुक्तानी जारी राखिन।
पछि उनको लचिलोपनले सार्थकता पायो। किनकि उनको व्यवसायले कठिन समयमा जिनतिन बाँच्यो र ब्रान्डको कारोबार लगातार बढ्दै गयो। यो वर्ष उनको कम्पनीले १७ लाख रुपैयाँको गर्यो।

भारत बाहिर पनि बजार विस्तार
भारतीय बजारको अतिरिक्त दिशिज डिजाइनर ज्वेलरीले अमेरिका, अष्ट्रेलिया, क्यानडा र थपमा अन्तर्राष्ट्रिय रूपमा ग्राहकहरू फेला पारेको छ। ’७० प्रतिशत बिक्री भारतभित्र हुन्छ भने ३० प्रतिशत बिक्री अन्तर्राष्ट्रिय ग्राहकहरूबाट हुन्छ,’ उनी खुशी हुँदै भन्छिन।
भविष्यको बारेमा कुरा गर्दै दिशीले जापानमा बिक्री कार्यहरू विस्तार गर्न खोजिरहेको बताइन। नयाँ डिजाइनहरूमा काम गर्नु निरन्तर प्रक्रिया हो र उनी दिशीज डिजाइनर ज्वेलरीलाई विश्वव्यापी ब्रान्ड नाम बनाउने लक्ष्य राख्छिन। निकट भविष्यमा दिशी रणनीतिक साझेदारी र लगानीको लागि पनि तत्पर छिन्।
सन् २०१९ मा भारतीय अनलाइन गहना बजार ८५ करोड डलरको अनुमान गरिएको थियो, र सन् २०२५ सम्म ३.७ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ।
दिशीको गहनाले सेलिब्रेटीहरू बीच पनि लोप्रिय भएको छ। सोहा अली खान, रविना टन्डन, श्वेता तिवारी, एरिका फर्नान्डिस जस्ता ताराहरूले उनको डिजाइन लगाएका छन्।
ज्वेलरी डिजाइनमा उनको लगावको अलावा दिशीलाई गायनमा रुचि छ। उनले इलाहाबाद विश्वविद्यालयबाट भारतीय शास्त्रीय गायनमा स्नातकोत्तर गरेकी छन्।
आफ्नो व्यस्तताको बावजुद दिशीले आफ्नो लागि समय निकाल्छिन्। बेलुका ६ वा ६:३० बजे आफ्नो अफिस छोडेपछि उनी आफ्नो परिवारसँग समय बिताउन मन पराउँछिन्। (एजेन्सी)