सूर्योदय वोमी लघुवित्तको करिब एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन

बिजमाण्डू
२०८० असार १४ गते ११:१८ | Jun 29, 2023
सूर्योदय वोमी लघुवित्तको करिब एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन

काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तिय संस्थाको संस्थापक सेयर बिक्रीका लागि आएको छ। लघुवित्तका कायम संस्थापकले ९७ हजार २९२ कित्ता सेयर बिक्री गर्दैछन्।

Tata
GBIME
Nepal Life

सेयर मूल्य भने तय गरिएको छैन। नेपाल स्टक एक्सचेन्जका अनुसार लघुवित्तको संस्थापक सेयर पछिल्लो पटक ४४७ रुपैयाँले किनबेच भएको थियो।

लघुवित्तले पहिलो प्रस्ताव विद्यमान संस्थापकहरुलाई गरेको छ। इच्छुकले ३५ दिनभित्र कति कित्ता र के मूल्य दिने प्रस्ताव सहित निवेदन दिन आग्रह गरेको छ।

तोकिएको समयावधि भित्र पर्याप्त आवेदन नआए लघुवित्तले आम सर्वसाधारण वा संस्थाललाई सेयर बिक्री गर्ने जनाएको छ।