समृद्धि फाइनान्सको ५ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम १०० रुपैयाँमै

बिजमाण्डू
२०८० असार १३ गते १२:२५ | Jun 28, 2023
समृद्धि फाइनान्सको ५ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम १०० रुपैयाँमै

काठमाठडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्दैछ। ५ लाख ४४ हजार ८९० कित्ता सेयर बिक्रीमा छ।

Tata
GBIME
Nepal Life

कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा भएको सेयर बिक्रीका लागि राखेको हो। उक्त सेयर किन्न पाउनेमा पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई नै छ।

खरिदमा इच्छुक संस्थापक सेयरधनीहरुले अबको ३५ दिनभित्र आवेदन दिन सक्ने छन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। सो वा सोभन्दा बढी मूल्य खुलाइ आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट पर्याप्त आवेदन नपरे फाइनान्सले राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयरधनी बाहेकका लगानीकर्ताहरुमा बिक्री गर्ने जनाएको छ।