जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ११ महिनामा १.२४ खर्ब, नवीकरणमा मात्रै ९८ अर्ब

बिजमाण्डू
२०८० असार १२ गते १३:१० | Jun 27, 2023
जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ११ महिनामा १.२४ खर्ब, नवीकरणमा मात्रै ९८ अर्ब

काठमाडौं। जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल बीमाशुल्क आर्जन १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणद्वारा जारी वित्तीय तथ्यांकअनुसार पठम रकम १५ कम्पनीले संकलन गरेका हुन्।

Tata
GBIME
Nepal Life

१ करोड ४० लाख ६९ वटा बीमालेखबाट उक्त रकम संकलन गरेका हुन्। जसमा कम्पनीहरुको प्रथम बीमाशुल्क २५ अर्ब ९५ करोड रुपैयाँ छ। नवीकरण शुल्कबाट ९८ अर्ब ५९ करोड रुपैयाँ उठेको छ। पछिल्लो समय बीमा कम्पनीहरुको व्यवसाय नवीकरण शुल्कले धानिदै आएको छ।

बीमा व्यवसाय घट्दै गएको भए पनि कम्पनीहरुले लामो समयदेखि व्यतीत बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट दिदै आएका छन्। जेठमा मात्र कम्पनीहरुले ८ लाख ४५ हजार वटा बीमालेखबाट १० अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

प्रथम बीमा शुल्क २ अर्ब ६२ करोड रुपैयाँ हुदाँ नवीकरण शुल्क ७ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको प्राधिकरणको तथ्यांकमा छ। गत वैशाखमा एक खर्ब १४ अर्ब रुपैयाँको बीमा शुल्क संकलन भएको थियो।

जेठसम्म सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ। उक्त कम्पनीले ३२ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। बीमा शुल्क बढी आर्जन गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा एलआइसी नेपाल छ। कम्पनीले १५ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ। मर्जरमा गएका कम्पनीहरुमध्ये सूर्यज्योति लाइफको बीमाशुल्क धेरै छ। उक्त कम्पनीले ७ अर्ब ४९ करोड बीमाशुल्क संकलन गरेको छ। एसियन लाइफले ६ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ।

त्यस्तै, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८६ करोड, सिटिजन लाइफले ४ अर्ब ८३ करोड, मेट लाइफले ४ अर्ब ७७ करोड, आईएमई ३ अर्ब ५६ करोड, सन नेपाल लाइफ ३ अर्ब ४२ करोड, रिलायबल नेपाल ३ अर्ब २८ करोड, प्रभु लाइफ एक अर्ब ८४ करोड र महालक्ष्मी लाइफले एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ।