नागरिक पत्रिका प्रकाशक रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट, ३ लाख ६२ हजारलाई १०/१० कित्ता

बिजमाण्डू
२०८० असार ११ गते १४:१४ | Jun 26, 2023
नागरिक पत्रिका प्रकाशक रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट, ३ लाख ६२ हजारलाई १०/१० कित्ता

काठमाडौं। नागरिक दैनिक पत्रिकाको प्रकाशक कम्पनी नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ सोमबार बाँटफाँट भएको छ। ठमेलको अलफ्ट होटलमा आयोजित औपचारिक कार्यक्रममार्फत साधारण सेयर बाँडफाँट भएको हो।

Tata
GBIME
Nepal Life

मागभन्दा बढी आवेदन परेको आइपीओ बाँडफाँट कम्पनीले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार गोलाप्रथा माध्यमबाट गरेको हो।  

१२ लाख ९९ हजार ७२७ जनाको आवेदकबाट १ करोड ४१ लाख ९ हजार ५६० कित्ताका लागि आवेदन परेको थियो। त्यसमध्ये ६५ हजार २३८ जनाको आवेदन रद्द भएको छ।

सदर भएका १२ लाख २७ हजार ५६९ आवेदकमध्ये ३ लाख ६१ हजार ९८९ जनाले १०/१० कित्ता सेयर हात पारेका छन्। एक जनालाई ११ कित्ता परेको छ।

कम्पनीले जेठ २६ देखि ३० गतेसम्म सर्वसाधारणका लागि १ सय रुपैयाँ दरका ३६ लाख १९ हजार ९१९ कित्ता सेयर जारी गरेको थियो। उक्त सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको दोस्रो दिनबाट दोस्रो बजारमा कारोबारमा आउने छ।

कम्पनी चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४७ करोड २४ लाख खुद नोक्सानीमा छ। यही असार मसान्तसम्म ४६ करोड नोक्सानीमा नै हुने प्रक्षेपण कम्पनीको छ।

चैत मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ७.२२ रुपैयाँ छ। तर आउँदो यस आर्थिक वर्षको अन्त्यसम्म प्रति सेयर आम्दानी घटेर १.२२ रुपैयाँमा झर्ने प्रक्षेपण छ।