दिव्यश्वरी हाइड्रोपावरले ऋण तिर्न शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै, कति छ ऋण ?

बिजमाण्डू
२०८० असार ११ गते १२:०७ | Jun 26, 2023
दिव्यश्वरी हाइड्रोपावरले ऋण तिर्न शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै, कति छ ऋण ?

काठमाडौं। दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख छ। कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

कम्पनीले अब उक्त प्रस्ताव विद्युत नियमन आयोगमा पेस गर्ने छ। आयोगबाट पास भएपछि स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभामा पेस गरिने छ।

सभाबाट पारित भई धितोपत्र बोर्डबाट पनि जारी गर्ने अन्तिम स्वीकृति पाएपछि मात्र हकप्रद सेयर निष्कासन गरिने छ।

चालु आर्थिक वर्षको चैतसम्मको वित्तीय विवरणअनुसार कम्पनीको अल्पकालीन ऋण ५ करोड ४४ लाख हाराहारी छ भने दीर्घकालीन ऋण करिब ७ करोड ७६ लाख छ।

चैतसम्म कम्पनी २ करोड ३४ लाख नोक्सानीमा छ। यस्तै प्रति सेयर आम्दानी पनि ८.६६ रुपैयाँ ऋणात्मक छ।