सेयर बजार निरन्तर उकालो, खुलेदेखि नै हरियाली, कारोबार रकममा पनि देखियो तीव्रता

बिजमाण्डू
२०८० असार ११ गते ११:१९ | Jun 26, 2023
सेयर बजार निरन्तर उकालो, खुलेदेखि नै हरियाली, कारोबार रकममा पनि देखियो तीव्रता

काठमाडौं। सोमबार सेयर खुलेदेखि नै बढ्न थालेको छ। बजार खुलेको पाँच मिनेटमै नेप्से परिसूचक २७.०६ अंकले बढेर २१४४.७९ विन्दुमा पुगेको थियो।

Tata
GBIME
Nepal Life

पाँच मिनेटमै ९ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

उक्त अवधिमा सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको कारोबार प्रति कित्ता ३१.९० रुपैयाँले बढेको छ। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि करिब ४२ रुपैयाँले बढेको छ।

घट्दो ब्याजदर र बढ्दो तरलताका कारण बजार निरन्तर बढ्दो। कारोबार रकम पनि उच्च हुँदै आएको छ। मौद्रिक नीति खुकुलो बनाउने चर्चाले बजार उक्लिरहेको हो।