ग्लोबल आइएमई क्यापिटलले बीओके क्यापिटललाई ५३.१७ रुपैयाँका दरमा गाभ्ने

बिजमाण्डू
२०८० जेठ १८ गते १२:०७ | Jun 1, 2023
ग्लोबल आइएमई क्यापिटलले बीओके क्यापिटललाई  ५३.१७ रुपैयाँका दरमा गाभ्ने


काठमाडौं। ग्लोबल आईएमइ क्यापिटलले साबिक बैंक अफ काठमाडौंको सहायक कम्पनी बीओके क्यापिटल मार्केट्सलाई गाभ्ने भएको छ। माउ कम्पनीहरु मर्जमा गइसकेकोले अब सहायक कम्पनी पनि गाभिने भएको हो।

Tata
GBIME

ग्लोबल आईएमइ क्यापिटलले बीओके क्यापिटललाई ५३.१७ रुपैयाँका दरमा गाभ्दैछ। बैंकहरु भने बराबरी हैसियत मै एकआपसमा गाभिएका थिए।

गाभ्ने गाभिने एजेण्डा पारित गर्न दुवै क्यापिटलले विशेष साधारण सभा डाकेका छन्। असार ३ गते दुवै कम्पनीको सभा बस्दैछ।

सभाले डीडीए प्रतिवेदन, सेयर स्वाप रेसियो लगायत अनुमोदन गर्नेछ। मर्जर प्राप्तिको कार्य सम्पन्न गर्न संचालकहरुलाई अख्तियारी पनि दिँदैछ।