
काठमाडौं। ‘आइएमई पे’ प्रयोगकर्ताहरुले केटीएम बबल टिमा १२ प्रतिशत छुट पाउने भएका छन्।
आइएमई पेले केटीएम बबल टिसँग गरेको सम्झौताअनुसार आइएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२% छुट दिने भएको हो। सो अफर साउन १६ सम्म लागु हुनेछ।
केही समय यता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आइएमई पेले क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ।