पार्किङ हटाउँदा दरबारमार्गको व्यवसाय ६०% घटेको भन्दै व्यापारी प्रदर्शनमा, गरे ‘सटर डाउन’

२०७९ फागुन १५ गते १९:०५
पार्किङ हटाउँदा दरबारमार्गको व्यवसाय ६०% घटेको भन्दै व्यापारी प्रदर्शनमा, गरे ‘सटर डाउन’


काठमाडौं। देशकै प्रिमियम ब्राण्ड तथा रेस्टुरेन्ट हब मानिएको दरबारमार्ग पार्किङ हटाएपछि केही महिनादेखि सुनसान बनेको छ। पार्किङ हटाएको विरोधमा दरबारमार्ग क्षेत्रका व्यवसायहरु आन्दोलित बनेका छन्।

TATA
GBIME

काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीको सहयोगमा पार्किङ हटाएपछि ६० प्रतिशतले व्यापार घटेको भन्दै व्यवसायीहरुले सोमबार दरबारमार्गमा सटर डाउन गर्दै प्रदर्शन गरेका छन्।


Sunrise Bank