विद्युत प्राधिकरणबाट विभिन्न तहका २६ कर्मचारी वैशाखमा अनिवार्य अवकाश हुँदै, को-को हुँदैछन् बिदा?

बिजमाण्डू
२०७९ पुष २९ गते १५:४४ | Jan 13, 2023
विद्युत प्राधिकरणबाट विभिन्न तहका २६ कर्मचारी वैशाखमा अनिवार्य अवकाश हुँदै, को-को हुँदैछन् बिदा?

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका २६ जना कर्मचारीले वैशाखमा अनिवार्य अवकाश पाउने भएका छन्।

Tata
GBIME

प्राधिकरणको बिहीबारको निर्णयले विभिन्न तहका २६ जनालाई अनिवार्य अवकाश दिने निर्णय गरेको हो। उनीहरुको शैक्षिक प्रमाणपत्र र नागरिकताका आधारमा सेवा अवधिको उमेर हदले अवकाश दिइने भएको प्राधिकरणले जनाएको छ।

१०औं तहका सुरेन्द्रप्रसाद अग्रहरीले अवकाश पाउने भएका छन्। छैटौं तहका अधिकृत मुकुन्दप्रसाद आचार्य, तोरणबहादुर पोखरेल, विश्वनाथ ढकालले अवकाश पाउने छन्।

पाँचौं तहका लेखापाल प्रदीपप्रसाद पन्त, रामप्रसाद भट्टराई, माधवप्रसाद दवाडी, कपिलदेव खतिवडा, दीपकराज काफ्ले अवकाश हुन लागेका छन्।

चौथौं तहका दीपक भण्डारी, बहादुरसिंह धामी, गिरीराज गौतम, जिवुनाथ गौतम, तेजनारायण चौधरी, नानीराम चौलागाई अवकाश हुँदैछन्।

तेस्रो तहका कुसुमराज जैसी, शिवबहादुर थपलिया, देवीप्रसाद दाहाल अवकाश हुन लागेका छन्।

दोस्रो तहका कान्छा कुचिकार, बलराम भट्ट, देवप्रसाद पहारी, वासुदेव टुडु, भीमबहादुर बुढाथोकी अवकाश हुन लागेका छन्।

पहिलो तहका इन्दिरा अधिकारी, ढकनाथ अधिकारी र शिवशंकर राउत अवकाश हुन लागेका हुन्।