१६६ सांसदको सहमति लिएर प्रचण्डको नेतृत्वमा सरकार बन्दै, राष्ट्रपतिलाई पत्र प्रस्तुत गरिँदै

बिजमाण्डू
२०७९ पुष १० गते १६:२४ | Dec 25, 2022
१६६ सांसदको सहमति लिएर प्रचण्डको नेतृत्वमा सरकार बन्दै, राष्ट्रपतिलाई पत्र प्रस्तुत गरिँदै


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन निर्णय गरेको छ। पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको एमाले महासचिव शंकर पोखरेलले बताए।

Tata
GBIME

आज दिउँसो ओली निवासमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादीका वरिष्ठ नेता अशोक राई लगायतको बैठक बसेको थियो। उनीहरुबीच वार्ता चलिरहँदा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि मिसिएका थिए। यस्तै, नागरिक उन्मुक्तिको पार्टीले पनि प्रचण्डलाई समर्थन गर्ने भएको छ।

पोखरेलले १६६ सांसदको बहुमतमा सरकार गठन हुने दाबी गरे। बाँकी पदहरुको बारेमा भने आगामी बैठकहरुमा छलफल गर्ने उनले बताए।

'१६६ जना सांसदको बहुमत हामीसँग छ। अब राष्ट्रपति कहाँ जान्छौं,' उनले भने।