बाराही समूहले पोखराको सेदीमा ३ अर्ब लगानीमा १५० कोठासहितको पाँचतारे होटल बनाउँदै

बिजमाण्डू
२०७९ मंसिर २८ गते ११:२२ | Dec 14, 2022
बाराही समूहले पोखराको सेदीमा ३ अर्ब लगानीमा १५० कोठासहितको पाँचतारे होटल बनाउँदै

काठमाडौं। ३ अर्ब १० करोड रुपैयाँ लगातमा पाँच तारे होटल बन्ने भएको छ। ६३ रोपनी जग्गामा १५० कोठासहितको होटल बाराही सेदी लिमिटेडले बनाउँदैछ। 

Tata
GBIME
Nepal Life

१५० मध्ये १० वटा एक्जिक्युटिभ सुइट, क्यासिनो र ११ सर्भिस हाउस बन्ने छ। होटलमा गेस्ट अकोमोडेसन भवन, मुख्य लबी, रिसेप्सन, दुईवटा रेस्टुरेन्ट, एउटा एक्सक्लुसिभ बार, तीनवटा कन्फ्रेन्स हल, दुईवटा बोर्ड कोठा, स्पा, साउना र हेल्थ सेन्टर बन्नेछ। 

यसका साथै क्यासिनो ब्लक, प्रशासनिक ब्लक र मेकानिकल रुम निर्माण हुनेछ। पोखराको सेदी हाइटमा बन्ने यो होटलमा विभिन्न आठ जनाको लगानी छ। होटलमा सबैभन्दा बढी ८७ प्रतिशत स्वामित्व हरिप्रसाद पौडल र उनका अन्य तीन परिवारका सदस्यको छ।  

७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी लगानी भएको छ। इक्रा नेपालका अनुसार सेप्टेम्बरमध्य २०२२ सम्म होटलको वित्तीय प्रगति ४४ प्रतिशत पुगेको छ। होटल निर्माण प्रारम्भिक चरणमा रहेको कुल चार वटा ब्लकमध्ये दुईवटाको सिभिलको काम भइरहेको बताइएको छ। 

कम्पनीले २ अर्ब ३८ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। २ अर्ब ३३ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि इक्राले एनपी एलबी र ५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ।