हिमालयन हाइड्रोपावरले १३२ केभी प्रसारणलाइन निर्माण गर्ने, ६ महिनामा निर्माण सक्ने 

बिजमाण्डू
२०७९ कात्तिक २५ गते १२:१९ | Nov 11, 2022
हिमालयन हाइड्रोपावरले १३२ केभी प्रसारणलाइन निर्माण गर्ने, ६ महिनामा निर्माण सक्ने 

काठमाडौं। हिमालयन हाइड्रोपावर लिमिटेडले १३२ केभी प्रसारणलाइन निर्माण गर्ने भएको छ। १२  मेगावाटको अपरमादी जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय ग्रीडमा जोड्न प्रसारणलाइन निर्माण गर्न लागिएको हो।

Tata
GBIME

विद्युत विकास विभागले एक सुचना निकालेर आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेश गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ।

आयोजना कास्कीको मादी गाउँपालिका-२ मा निर्माणाधीन नामार्जुन मादी जलविद्युत आयोजनाको विद्युत गृह/स्वीचयार्डबाट सुरु भएर सोही गाउँपालिकाको सिल्दुजुरेस्थित अपरमादी जलविद्युत आयोजनाको स्वीचयार्डसम्म निर्माण गरिनेछ।

प्रसारणलाइन ४.६ किमीको हुनेछ। प्रसारणलाइनको भोल्टेज ३३००० भोल्ट क्षमताको डबल सर्किटमा निर्माण गरिनेछ। १२ मेगावाट विद्युत प्रवाह गर्न सक्नेछ।

६ महिनामा निर्माण सक्ने योजना छ।