दार्चुलाबाट गठबन्धनको साझा उम्मेदवार बनेर चुनाव लड्दै उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू

बिजमाण्डू
२०७९ असोज २३ गते १२:३८ | Oct 9, 2022
दार्चुलाबाट गठबन्धनको साझा उम्मेदवार बनेर चुनाव लड्दै उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुला जिल्लाबाट प्रतिनिधि सभा चुनाव लड्ने भएका छन्। मन्त्री बडू गठबन्धनको साझा उम्मेदार बन्दै मनोनयन दर्ता गराउन दार्चुला पुगेका छन्। 

Tata
GBIME

बडू यसअघि नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सासंद बनेका हुन्। समानुपातिकबाट एकपटक सासंद बनिसकेको व्यक्ति पुन: दोहोरिन नपाउने व्यवस्थासँगै उनी प्रत्यक्ष तर्फ लड्दै छन्। 

दार्चुलामा प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र छ। 

सुरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका मन्त्री बडूले पछिल्लो ६ महिनायता उद्योग मन्त्रालयको जिम्मेवारीमा छन्।