करिब एक महिनापछि सेयर बजारमा दोहोरो अंकको वृद्धि, बोटलर्स नेपाल बालाजुमा आकर्षण

बिजमाण्डू
२०७९ भदौ २८ गते १५:३३ | Sep 13, 2022
करिब एक महिनापछि सेयर बजारमा दोहोरो अंकको वृद्धि, बोटलर्स नेपाल बालाजुमा आकर्षण

काठमाडौं। करिब एक महिनापछि सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ को विन्दुमा उक्लिएको हो।

Tata
GBIME
Nepal Life

पछिल्लो वृद्धि २२ सय परीक्षण गरेको परिसूचकपछि निरन्तर ओरालो लाग्ने क्रममा थियो। तर, १९ सयको मनोवैज्ञानिक विन्दु नजिकिए लगत्तै सेयर बजारमा खरिद गर्नेहरु सक्रिय देखिएका छन्। 

बजारको विशेष आकर्षणमा बोटलर्स नेपाल लिमिटेड (बालाजु) छ। कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो। उत्पादन तथा प्रशोधन उपसमूह स्वयं १.८७ प्रतिशत बढेको हो।

यस्तै, फाइनान्सको सेयर पनि किन्नेहरु बाक्लै छन्। उपसमूह २.१३ प्रतिशत बढेको छ। कारोबारमा आएका अधिकांश उपसमूहले औसत १.२९ प्रतिशत बढेका छन्।

बजार बढेपछि कारोबार पनि बढेको छ। मंगलबार ९२ करोड रुपैयाँको किनबेच भएको छ। सोमबार बजार दोहोरो अंकले घट्दा ८३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

कारोबारको शीर्ष स्थान नबिल बैंक र रिडी पावर कम्पनीले ओगटेका छन्। दुवै कम्पनीको ५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो।