सूर्या लाइफ इन्स्योरेन्सले जारी गर्‍यो नयाँ बोनस दर, बीमितले ४० देखि ९० रुपैयाँसम्म पाउने

बिजमाण्डू
२०७९ भदौ २८ गते ११:०६ | Sep 13, 2022
सूर्या लाइफ इन्स्योरेन्सले जारी गर्‍यो नयाँ बोनस दर, बीमितले ४० देखि ९० रुपैयाँसम्म पाउने


काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/ ७८ को लागि बीमालेखको नयाँ बोनस कायम गरेको गरेको छ।

Tata
GBIME
Nepal Life

आर्थिक वर्ष २०७७/७८ को बीमांकीय प्रतिवेदन बीमा समितिबाट भदौ २२ गते स्वीकृत भएपछि मुनाफाबाट सारिक हुने बोनस दर कायम गरेको कम्पनीले जनाएको छ।

नयाँ बोनस दर अनुसार कम्पनीले बीमितलाई प्रतिहजार ४० रुपैयाँदेखि ९० रुपैयाँ दिन लागेको हो। जुन अघिल्लो वर्षको भन्दा बढी हो। आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले बीमितलाई प्रतिहजार ३८ देखि ७३ रुपैयाँ बोनस दिएको थियो।

जसमा सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ४० रुपैयाँ तोकेको छ। १० देखि १४ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि ५४ रुपैयाँ, २५ वर्षदेखि २९  वर्षका लागि ६० रुपैयाँ र ३० वर्षभन्दा माथिको अवधिका लागि ७० रुपैयाँ बोनस दर छ।

सावधिक तथा आजीवन बीमालेख योजनामा ९ वर्ष अवधिको लागि ४० रुपैयाँ तोकेको छ। १० देखि १४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५६ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६० रुपैयाँ छ। ३० वर्षभन्दा माथिको अवधिलाई बीमितले ७० रुपैयाँ पाउने भएका छन्।

त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १९ वर्ष अवधिका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५६ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिलाई ६० रुपैयाँ छ।

चौरासी पूजा अग्रिम नियमित भुक्तानी अन्तर्गत १० देखि १४ वर्ष अवधिलाई ४५ रुपैयाँ  तोकेको छ। १५ देखि १९ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षलाई ५५ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ बोनस कायम गरेको छ।

चौरासी पूजा अग्रिम एकल भुक्तानी १० देखि १४ वर्षको अवधिलाई ७५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ८० रुपैयाँ, २० देखि २४ वर्षका लागि ८५ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिसम्मका लागि ९० रुपैयाँ बोनस दिने कम्पनीले जनाएको छ।