उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित प्राधिकरणका ४० कर्मचारी हुँदैछन् अनिवार्य अवकास

बिजमाण्डू
२०७९ भदौ १६ गते १४:०० | Sep 1, 2022
उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित प्राधिकरणका ४० कर्मचारी हुँदैछन् अनिवार्य अवकास

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक (प्राविधिक) हितेन्द्रदेव शाक्यसहित ४० जना कर्मचारी यही वर्ष अनिवार्य अवकास हुने भएका छन्।

Tata
GBIME

प्राधिकरणको भदौ २३ गतेको निर्णय अनुसार ४० कर्मचारी पुस र माघमा अनिवार्य अवकास हुन लागेका हुन्। पुसमा नौ तहका उपप्रबन्धक चन्द्रप्रसाद घिमिरे, आठौं तहका  सहायक निर्देशक रविन्द्र देव भट्ट,  सातौं तहका इन्जिनियर सुरेश प्रसाद मिश्र, ६ तहका सहायक इन्जिनियर सकलदेव मण्डल, महेन्द्र श्रेष्ठ, पाँचौ तहका  सुपरभाइजर  नरेश कुमार श्रेष्ठ. रामहरी सिंह दाहाल, शैलेन्द्र प्रसाद सिंह, चिरञ्जीवी श्रेष्ठ, चौंथो तहका तेज सिंह मौनी, मोहनराज शर्मा  पाण्डे,  भानदेव बडु, ठुले तामाङ, कृष्ण बहादुर सवाल अवकास हुँदैछन्। 

तेस्रो तहका इलेक्ट्रिसियन कृष्ण बहादुर अधिकारी, अभिमन्यु वलामी, गिरीबिक्रम कार्की, शत्रुध्न  प्रसाद सिंह, दुई तहका हेल्पर इलेक्ट्रिसियन उपेन्द्रनारायण ठाकुर अवकास हुँदैछन्। 

१२ तहका उपकार्यकारी निर्देशक शाक्य माघ १० गते अनिवार्य अवकास हुँदैछन्। शाक्यले प्राधिकरणको प्रबन्ध निर्देशक भएर काम गरिसकेका छन्। उनी २०७७ माघ २७ गतेको मन्त्रीपरिषदको निर्णयबाट प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए।

२०७८ साउन २५ गते सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्दै जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गरेको थियो। उनी सरकारको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालत गएका थिए। तर अहिलेसम्म अदालतले यसबारे पूर्ण फैसला गरेको छैन। 

त्यसै गरी माघमा दशौ तहका (प्रबन्धक)  प्रकाश नारायण सिंह, सातौं तहका (इन्जिनियर)  विजय  कुमार मिश्र, तह पाँच (सुपरभाइजर) का भोजनाथ अधिकारी, बलराम ओली,सम्बर बहादुर कार्की, शेष हसन, रामवृक्ष पाठक, कुल प्रसाद बराल, गोपाल बहादुर सुनुवार, सानुमाया गिरी ठकुरी, डिल्ली प्रसाद खतिवडा, हरिप्रसाद कैनी,रुपकान्त मिश्र, नृप बहादुर मलासी, तीन तहका (इलेक्ट्रिसियन) नृप बहादुर मलासी, बेल बहादुर थापा, बाबुराम अधिकारी, दुई तहका  (हेल्पर इलेक्ट्रिसियन)  वली चन्द, हिराकाजी श्रेष्ठ, मान बहादुर दर्जी र एक तहका हेल्पर इन्जिनियर भुवन बहादुर मगर अवकास हुँदैछन्।