असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुको अर्थ मन्त्रालयमा धर्ना, चोर बाटोबाट बढाइयो

बिजमाण्डू
२०७९ साउन २३ गते १५:०१ | Aug 8, 2022
असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुको अर्थ मन्त्रालयमा धर्ना, चोर बाटोबाट बढाइयो

काठमाडौं। असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन्। सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नासुहरुले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन्।

Tata
GBIME
Nepal Life

आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

यस विषयमा आन्दोलित कर्मचारी र अर्थ मन्त्रालयका अधिकारीहरुबिच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायव सुब्बा गोविन्द प्रसाद कोइरालाले बताए।

उनले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तलबमा असमान वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएको बताए। उनले नासुलाई घृणित र अपमानित व्यवहार गरेको बताए।

उनीहरुले सरकारले चोर बाटोबाट तलब वृद्धि गरेको भन्दै समान तलब वृद्धिको माग गर्न अर्थ मन्त्रालय घेराउ गर्नु परेको बताए। (फोटो : न्युज एजेन्सी नेपाल)