अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानियो, को बन्ला अबको अर्थसचिव?

बिजमाण्डू
२०७९ साउन १९ गते १५:४४ | Aug 4, 2022
अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानियो, को बन्ला अबको अर्थसचिव?

काठमाडौं। अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ। मरासिनिको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको हो।

Tata
GBIME
Nepal Life

राजीनामाको २५ दिनमा अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालय फर्किएसँगै सचिव मरासिनी घर बिदामा बसेका थिए। उनलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो।

विषेशगरी प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी धेरै हुँदैन। जेठ १४ मा बजेट घोषणा भएसँगै मन्त्री शर्मा र सचिव मरासिनीबीच सम्बन्ध चिसिएको बताइएको छ। 

मन्त्री शर्माले सचिवले सहयोग नगर्दा आफू विवादमा तानिएको बताउँदै आएका छन्। उनले नयाँ सचिवका लागि राजनीतिक सहमति खोजिरहेका छन्। 

मन्त्री शर्माले हाल उद्योग सचिव अर्जुन पोखरेललाई अर्थसचिव बनाउन प्रयास गरिरहेका छन्। तर यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति दिनुपर्नेछ।