साढे ४८ करोडको खराब कर्जा उठेपछि एनएमबि बैंकको नाफा ३ अर्ब ७० करोड रुपैयाँ, ३६.५३% बढ्यो

बिजमाण्डू
२०७९ साउन १९ गते ०८:४२ | Aug 4, 2022
साढे ४८ करोडको खराब कर्जा उठेपछि एनएमबि बैंकको नाफा ३ अर्ब ७० करोड रुपैयाँ, ३६.५३% बढ्यो

काठमाडौं। एनएमबि बैंकको नाफा साढे ३६ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन पोहोर असारमा २ अर्ब ७१ करोड रुपैयाँमा सीमित थियो। यो ३६.५३ प्रतिशतको वृद्धि हो। 

Tata
GBIME

४८ करोड ४३ लाख रुपैयाँ बराबरको खराब कर्जा उठेपछि बैंकको नाफामा बढेको छ। बैंकको खुद ब्याज आम्दानी पनि झन्डै १६ प्रतिशतको वृद्धि छ। फि कमिसन पनि ३८ प्रतिशत बढ्यो। 

गत आर्थिक वर्षको अवधिमा बैंकले ६ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। फि कमिसन बापत पनि एक अर्ब ४३ करोड रुपैयाँ उठेको देखिन्छ। 

आम्दानीसँगै बैंकको खर्च भने उल्लेख्य बढेको छ। कर्मचारी तलब भत्तामा २ अर्ब ६० करोड रुपैयाँ खर्चेको छ। झन्डै ५२ करोड रुपैयाँले यो शीर्षक बढेको हो। पोहोर असारमा २ अर्ब ८ करोड रुपैयाँ खर्च भएको थियो। 

सो अवधिमा बैंकको कर्जा विस्तार १६.४१ प्रतिशत बढेको हो। बैंकको वितरणयोग्य मुनाफामा पनि सामान्य वृद्धि देखिन्छ। बैंकसँग २ अर्ब ३९ करोड रुपैयाँ वितरणयोग्य नाफा छ।

बढेकोको खुद नाफासँगै प्रति सेयर आम्दानी पनि बढेको हो। गत आर्थिक वर्षको अन्त्यसम्म ३.५५ रुपैयाँ बढ्दा प्रति सेयर आम्दानी २०.१५ रुपैयाँ कायम छ। 

हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ छ। बैंकले २ अर्ब ३९ करोड रुपैयाँ अवितरित नाफा संचित गरेर राखेको छ। जगेडा कोषमा ६ अर्ब ४४ करोड रुपैयाँ छ। सो अवधिमा बैंकको प्रति सेयर नेटवर्थ पनि १.४८ रुपैयाँ बढेर १४८.१४ रुपैयाँ छ।