खराब कर्जा बढेपछि हिमालयन बैंकको नाफा १७ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा भने २३% बढ्यो

बिजमाण्डू
२०७९ साउन १८ गते ०८:५६ | Aug 3, 2022

काठमाडौं। हिमालयन बैंकको नाफा १७ प्रतिशत घटेको छ। पोहोर असार अन्त्यसम्म २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको हिमालयन बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब ४८ करोड रुपैयाँ कमायो। यो १७.२२ प्रतिशतको कमि हो। 

Tata
GBIME

तर बैंकको वितरणयोग्य मुनाफा भने करिब २३ प्रतिशत बढ्यो। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकसँग २ अर्ब ६६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा छ। 

बैंकले खुद ब्याज आम्दानी भने ३५ प्रतिशत बढायो। बैंकको फि कमिसन पनि ३१ प्रतिशत बढायो।आम्दानीमा देखिएको वृद्धिका बाबजुद बैंकको खुद नफा भने खुम्चिएको हो। 

विशेषगरि कर्जा जोखिम व्यवस्थापन बापतको रकम उल्लेख्य मात्रामा बढ्दा नाफा खुम्चिएको हो। पोहोर असार अन्त्यसम्म १४ करोड ५३ लाख रुपैयाँ कर्जा जोखिम व्यवस्थापन बापत छुट्याएको बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ४१ करोड रुपैयाँ छुट्यायो।

परिणाम स्वरूप बैंकको संचालन मुनफा पनि १८ प्रतिशत घटेको छ।

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी पनि १९.१४ रुपैयाँमा झरेको छ। पोहोर असारमा बैंकको प्रति सेयर आम्दानी २८.०७ रुपैयाँ थियो। 

चुक्ता पुँजी २१.३८ प्रतिशत बढेको हिमालयनको खुद नफा १७ प्रतिशत घट्दा प्रति सेयर आम्दानी घटेको हो। हाल बैंकको चुक्ता पुँजी १२ करोड ९६ लाख रुपैयाँ छ। 

बैंकको प्रति सेयर नेटवर्थ पनि १७.४४ रुपैयाँ घटेर १७०.५ रुपैयाँमा झरेको छ।