सानिमा बैंक र प्रहरी अस्पतालबीच सम्झौता, न्यून आयका महिलाको उपचारमा ४ लाख ८० हजार दिने

बिजमाण्डू
२०७९ साउन ६ गते १५:५६ | Jul 22, 2022
सानिमा बैंक र प्रहरी अस्पतालबीच सम्झौता, न्यून आयका महिलाको उपचारमा ४ लाख ८० हजार दिने

काठमाडौं। सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्यून आर्थिक अवस्था भएका महिलालाई उपचार गर्न सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले अस्पताललाई आर्थिक सहयोग गर्नेछ।

Tata
GBIME
Nepal Life

बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुलाई उपचार गर्न वार्षिक ४ लाख ८० हजार रुपैयाँ दिनेछ। बैंकले नारी बचत खाता वापत मासिक एक रुपैयाँ नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ।

सम्झौतापत्रमा अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह र सानिमाका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाइँले हस्ताक्षर गरे।