११ करोड बोरा बिक्री गर्दै शिवम् सिमेन्ट्स नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो

बिजमाण्डू
२०७९ साउन १ गते ११:१७ | Jul 17, 2022

काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको छ।

Tata
GBIME
Nepal Life

शिवम् सिमेन्टले स्थापनाकालदेखि हाल (०७९ असार मसान्तसम्म) ११ करोड  बोरा सिमेन्ट बिक्री गरेको हो। शिवम् सिमेन्ट एक मात्र ओपीसी उत्पादन गर्ने नेपालको कम्पनी रहेको विज्ञप्तिमा उल्लेख छ।

ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानीबाट उत्खनन्  गरिएको चुनढुंगा प्रयोग गर्दै आएको छ।

उत्पादन समयदेखि नै  गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आईरहेको जनाउँदै कम्पनीले गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस  क्वालिटी अवार्ड-२०१९ ९एनएस क्वालिटी अवार्ड-२०१९० प्रथमबाट पुरस्कृत भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समयदेखि प्रयोग हुँदै आएको कम्पनीले जनाएको छ। 

'भरोसा अटुट सम्बन्धको', 'क्वालिटीको मामलामा नो कम्प्रोमाइज,' 'गुणस्तरको पहिचान हो शिवम्' तथा 'गुणस्तरमा कहिल्यै सम्झौता नगरौं' जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको विज्ञप्तिमा उल्लेख गरेको छ। 

नेपालको केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी  क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।