महालक्ष्मी बैंक र हेटौंडाको कालिज गार्डेन रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा छुट

बिजमाण्डू
२०७९ असार ३ गते १२:३० | Jun 17, 2022
महालक्ष्मी बैंक र हेटौंडाको कालिज गार्डेन रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा छुट


काठमाडौं। महालक्ष्मी विकास बैंकका ग्राहकहरुले हेटौंडाको कालिज गार्डेन इको रिसोर्टको विभिन्न सेवामा छुट पाउने भएका छन्। 

Tata
GBIME

बैंक र हेटौंडा-११ स्थित उक्त रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापछि बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने बैंकले जनाएको छ। 

बैंकले प्रदेश नं १ मा ५, मधेस प्रदेशमा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवा दिँदै आएको विज्ञप्तिमा जनाइएको छ।