नबिल बैंकले ल्यायो पर्यावरणमैत्री व्यवसाय कर्जा सुविधा, साबिकको भन्दा ०.५% कम ब्याजमा ऋण

बिजमाण्डू
२०७९ असार २ गते १२:०५ | Jun 16, 2022
नबिल बैंकले ल्यायो पर्यावरणमैत्री व्यवसाय कर्जा सुविधा, साबिकको भन्दा ०.५% कम ब्याजमा ऋण


काठमाडौं। पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलोपटक पर्यावरणमैत्री व्यवसाय कर्जा सुविधा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वन विनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तिय आवश्कता पूरा गर्न बैंकले केजा सुविधा उपलब्ध गराउने जनाएको छ। 

यस कर्जा योजनाअन्तर्गत बैंकले साबिकको भन्दा ०.५% कम ब्याजमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्न क्षमता अभिवृद्धि कार्यक्रम र व्यवसाय विकास तथा परामर्श सुविधाहरु प्रदान गरी व्यवसायीहरू माझ वित्तिय पहुँचमा जोड दिने बैंकले जनाएको छ।

साथै, आफ्ना ग्राहकसम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उदेश्यले ‘नबिल एसएमई सहकार्य योजना’ आबद्ध गराउने बताइएको छ। 

‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिङ अन्तर्गतको विभिन्न प्रयासहरु मध्यको एक हो। जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,’ बैंकका एसएमई तथा एमएफ विभाग प्रमुख निरज कुमार बस्नेत (डनिल) ले भने। 

बैंकले यस कर्जा योजना अन्तर्गतका ऋणीहरुलाई एक सफल व्यापार उद्यमको रूपमा विकाश गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समावेश गर्ने उनले बताए।