नेपालगन्जको एचसीआरसी अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट र इसेवाबाट भुक्तानी गर्न मिल्ने

बिजमाण्डू
२०७९ जेठ २४ गते १५:१० | Jun 7, 2022
नेपालगन्जको एचसीआरसी अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट र इसेवाबाट भुक्तानी गर्न मिल्ने

काठमाडौं। नेपालगन्ज चारबहिनीको एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु भएको छ। एचसीआरसी अस्पताल इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको इ–अपोइन्टमेन्ट प्लाटफर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो। 

Tata
GBIME

योसँगै अबदेखि एचसीआरसीमा उपचार गर्न तथा डाक्टरसँग परामर्श लिन इसेवा मोबाइल एपबाट अनलाइन अपोइन्टमेन्ट लिन सकिने कोजेन्ट हेल्थले जनाएको छ।  

इसेवाको मोबाइल एपबाटै डाक्टरको अपोइन्टमेन्ट मिति बुक गर्न र डिजिटल माध्यमबाट तत्कालै भुक्तानी गर्न सजिलो हुने बताइएको छ। 
कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दै गएको कम्पनीले जनाएको छ। 

कोजेन्ट हेल्थले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाको व्यवस्थापनलाई पूर्णरूपमा डिजिटलाइज गर्न प्रविधि निर्माणको काम गर्दै आएको छ।

कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित ई-अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन्।