कुमारी धनवृद्धि योजना आजबाट, अंकित मूल्य १० रुपैयाँ, सर्वसाधारणलाई १० करोड २० लाख इकाइ

बिजमाण्डू
२०७९ जेठ १२ गते ०९:३० | May 26, 2022

काठमाडौं। कुमारी धनवृद्धि योजना आजबाट निष्काशन भएको छ। कुमारी बैंक कोष प्रबर्द्धक र कुमारी क्यापिटल योजना ब्यवस्थापक रहेर कुमारी सामूहिक लगानी कोषले योजना ल्याएको हो। 

Tata
GBIME

कम्पनीले जेठ १७ गतेसम्म इकाइ सार्वजनिक गर्ने छ। अंकित मूल्य १० रुपैयाँ दरका १२ करोड इकाइ निष्काशन गरेको छ।

कुल इकाइ संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाइ कोष प्रबर्द्धक कुमारी बैैंकलाई आरक्षित गरिएको छ। बाँकी रहेको १० करोड २० लाख इकाइमा सर्वसाधारणले दावी गर्न पाउने छन्।

कम्तिमा १०० इकाइका लागि आवेदन दिनु पर्ने हुन्छ। बढीमा एक करोड २० लाख इकाइका लागि आवेदन दिन सकिन्छ। यो बन्दुमूखी योजना हो।