राधी विद्युत कम्पनीले आयोगबाट पायो हकप्रद सेयर निष्कासन सहमति, ९५ करोडको ल्याउने  

बिजमाण्डू
२०७९ बैशाख २८ गते ११:५० | May 11, 2022
राधी विद्युत कम्पनीले आयोगबाट पायो हकप्रद सेयर निष्कासन सहमति, ९५ करोडको ल्याउने   

काठमाडौं। विद्युत नियमन आयोगले बुधबार एक हाइड्रोपावरलाई हकप्रद सेयर जारी गर्न सहमति दिएको छ। राधी विद्युत कम्पनी लिमिटेडलाई सहमति प्रदान गरेको हो। 

Tata
GBIME
Nepal Life

विद्युत कम्पनीले चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १:१४७५२ अनुपातमा हकप्रद सेयरको सार्वजनिक निष्कासनका लागि स्वीकृति माग गर्दै आयोगमा निवेदन दिएको थियो। 

सोही अनुसार विद्युत कम्पनीलाई उक्त अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बरबरको हकप्रद निष्कासन गर्न आयोगले सहमति दिएको हो। हकप्रद निष्कासनपश्चात विद्युत कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ पुग्ने छ। 

कम्पनीको गत असार २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट बोनस सेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।