भारतलगायत तीन देशमा एरोफ्लोटले व्यावसायिक उडान थाल्यो, सातामा दुईपटक उडान

बिजमाण्डू
२०७९ बैशाख २६ गते १३:३७ | May 9, 2022
भारतलगायत तीन देशमा एरोफ्लोटले व्यावसायिक उडान थाल्यो, सातामा दुईपटक उडान

काठमाडौं। रुसको ध्वजावाहक हवाई सेवा कम्पनी एरोफ्लोटले व्यावसायिक उडान सुरु गरेको छ। युक्रेनमाथि रुसको आक्रमणपछि यसका सेवा प्रभावित थियो। कम्पनीले दुई महिनापछि भारत र टर्की उडान पुनः सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले भारत, टर्की र अन्टालियालगायत तीन मुलुकमा साताको दुईवटा उडान गर्ने योजना रहेको जनाएको छ। यी गन्तव्यमा एयरबस ३३० सिरिजको जहाज प्रयोग हुनेछ।

युक्रेनसँगको लडाई सुरु भएपछि गत फेब्रुअरी २४ देखि यो वायुसेवा कम्पनीले व्यवसायिक उडान नै रोकेको थियो। युक्रेन हमलालाई लिएर रुसलाई एक्ल्याउने युरोपका केही प्रभावशाली मुलुकहरुको भनाइपछि कम्पनीले आफनो व्यवसायिक उडान रोकेको थियो। (एजेन्सी)