आइएमई पेबाट गोल्डस्टार जुत्ता किन्दा ३० प्रतिशत छुट पाइने, गोल्डस्टारसँग गर्‍यो सम्झौता

बिजमाण्डू
२०७९ बैशाख २२ गते २१:०१ | May 5, 2022
आइएमई पेबाट गोल्डस्टार जुत्ता किन्दा ३० प्रतिशत छुट पाइने, गोल्डस्टारसँग गर्‍यो सम्झौता

काठमाडौं। आइएमई पे र गोल्डस्टारबीच सम्झौता भएको छ। सम्झौताअनुसार गोल्डस्टार जुत्ता किन्दा खरिदकर्ताहरुले आइएमई पे मार्फत भुक्तानी गरे ३०% (अधिकतम तीन सय रुपैयाँसम्म) छुट पाउने भएका छन्। 

Tata
GBIME

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारको तर्फबाट इ-वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन्। 

२३ वैशाख शुक्रबारबाट सुरु हुने यो अफर सिमित समयका लागि उपलब्ध हुने आइएमई पेले जनाएको छ। गोल्डस्टार जुत्ता गोल्डस्टारको आधिकारिक वेबसाइटबाट खरिद गर्दा वेब चेकआउटमा ३०% देखि तीन सय रुपैयाँसम्मको छुट पाउने आइएमई पेले जनाएको छ। यस्तै, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुमहरूमा स्मार्ट क्यूआर प्रयोग गरी भुक्तानी गर्न सकिने आइएमई पेले जनाएको छ। 

‘आइएमई पे र गोल्डस्टारबीचको सम्झौताले हामी निकै उत्साहित भएका छौं। सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन गर्छौं,’ आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले भने। 

‘आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त छु,’ गोल्डस्टारका इ–वाणिज्य प्रमुख प्रवेश मिश्राले भने।