फोनपेको सीइओमा दिवस सापकोटा नियुक्त, डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्ष बढीको अनुभव

बिजमाण्डू
२०७९ बैशाख १४ गते १८:०२ | Apr 27, 2022
फोनपेको सीइओमा दिवस सापकोटा नियुक्त, डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्ष बढीको अनुभव


काठमाडौं। फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन्। फोनपेको संचालक समितिले बुधबारदेखि लागू हुनेगरी सापकोटालाई सीइओमा नियुक्त गरेको कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

सापकोटा यसअघि फोनपेकै एसिस्टेन्ट सीइओका रुपमा कार्यरत थिए। 

उनी फोनपेको चिफ टेक्नोलोजी अफिसरका रुपमा फोनपे छिरेका थिए। त्यसअघि उनी नेपाल क्लियरिङ हाउस लिमिटेडमा आबद्ध थिए। 

एभरेष्ट बैंकबाट करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्षभन्दा बढी काम गरेको अनुभव छ।

सूचना प्रविधिदेखि व्यवस्थापन दख्खल भएका सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्‍याउने विश्वास कम्पनीको छ।