नेप्सेले मूल्य समायोजन गरेका तीन संस्थाको शेयर मूल्य कति छ? आजदेखि बजारमा नयाँ मूल्यमा कारोबार

बिजमाण्डू
२०७८ चैत्र १७ गते १०:५४ | Mar 31, 2022

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आरम्भ चौतारी लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले यी संस्थाले प्रस्ताव गरेको बोनस सेयरका आधारमा मूल्य समायोजन गरेको हो।

Tata
GBIME

समायोजनपछि नेप्सेले आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य एक हजार ११६.८६ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको ८९१.३० रुपैयाँ र प्रभु इन्स्योरेन्सको ७४३.२४ रुपैयाँ निर्धारण गरेको छ। बिहीबार यी कम्पनीहरुको कारोबार सोही मूल्यबाट सुरु हुनेछ।

नेप्सेले आरम्भ चौतारी लघुवित्तको अन्तिम कारोबार मूल्य एक हजार ३३६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो। लघुवित्तले आर्थिक वर्ष २०७७/७८ का लागि १९.६२६३१८ प्रतिशत बोनस सेयर लाभांश प्रस्ताव गरेको हो।

नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य एक हजार ५० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ भने प्रभु इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य ८२५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ।

आर्थिक वर्ष २०७७/७८ का लागि सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत र  प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर लाभांश प्रस्ताव गरेको हो।