ऋण घटाउँदा पनि सुधार छैन सीडी रेसियोमा, ९४ प्रतिशतसम्म सीडी, अन्तर बैंक सापटी ७ प्रतिशत पुग्यो

बिजमाण्डू
२०७८ चैत्र १५ गते ०९:०८ | Mar 29, 2022
ऋण घटाउँदा पनि सुधार छैन सीडी रेसियोमा, ९४ प्रतिशतसम्म सीडी, अन्तर बैंक सापटी ७ प्रतिशत पुग्यो

काठमाडौं। बाणिज्य बैंकहरुले ऋण घटाएर निक्षेप बृद्धि गरे पनि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९१ प्रतिशत पुगेको छ। एकातिर कर्जा-निक्षेप अनुपात उक्लिएको छ भने अर्कोतिर अन्तर बैंक सापटी दर ७ प्रतिशत पुगेको छ।

Tata
GBIME

बैंकहरुसँग अहिले कुल  निक्षेप ४३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। यो आइतबारसम्मको तथ्यांक हो। त्यसअघिको दिन ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप थियो।

यता ऋण भने एक अर्बले घटेको छ। ४१ अर्ब ६६ अर्ब रुपैयाँमा झरेको छ। औषत कर्जा-निक्षेप अनुपात ९०.७ प्रतिशत छ। राष्ट्र बैंकका अनुसार, केही बैंकको ९४ प्रतिशतसम्म पनि पुगेको छ।

अन्तर बैंक सापटी ७ प्रतिशत छ। राष्ट्र बैंकले जुनसुकै बेला उपलब्ध गराउने स्थायी तरलता सुविधाकै दर बराबर अन्तर बैंक सापटी पुगेको हो। अन्तर बैंकमा पनि पैसा नपाएपछि बैंकहरुले सोमबार एकै दिन ५२ अर्ब ५१ करोड रुपैयाँ स्थायी तरलता सुविधा उठाएका छन्।