एनआइसी एशियाको मोबाइल एपबाट देशभित्र दुुई महिनासम्म निःशुल्क रेमिट्यान्स पठाउन सकिने

बिजमाण्डू
२०७८ चैत्र ६ गते १७:५१ | Mar 20, 2022
एनआइसी एशियाको मोबाइल एपबाट देशभित्र दुुई महिनासम्म निःशुल्क रेमिट्यान्स पठाउन सकिने

काठमाडौं। एनआइसी एशिया बैंकले मोबाइल बैंकिङ एप (एनआइसी एशिया मोबैंक) बाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ। 

Tata
GBIME

बैंकले चैत्र १ देखि वैशाख ३१ सम्म लागू हुने गरी यो सुविधा ल्याएको जनाएको छ। एनआईसी एशिया मोबैंक प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँमा निःशुल्क रूपमा रकम पठाउन सकिने बताइएको छ।

यसका लागि प्रयोगकर्ताहरुले आफ्नो मोबाइलमा रहेको एनआइसी एशिया मोबैंकमा रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवम् ठेगाना) उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ। साथै, रेमिट्यान्स पठाउनुको उद्देश्य छनोट गरी सुरक्षित रूपमा रेमिट्यान्स पठाउन सक्ने बैंकले जनाएको छ। 

देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम झिक्ने सकिने बताइएको छ। 

साथै, बैंकका कुनै ग्राहकले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम एनआईसी एशिया मोबैंकबाटै झिक्न सकिन्छ। यसका लागि ग्राहकहरुले एनआइसी एशिया मोबैंकमा रहेको रेमिट्यान्स आइकन छनोट गरेर रिसिभ रेमिटमा आफूलाई प्राप्त रकम र युनिक पिन विवरण हालेर रकम खातामा स्थानान्तरण गर्न सकिने बैंकले जनाएको छ। 

यसले ग्राहकहरुलाई शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटबाट मुक्त हुने विश्वास बैंकको छ। बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ९८ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङमार्फत वित्तीय सेवा दिँदै आएको छ।