बीमा समितिले ड्रागन फल र किवी खेतीको बीमालेख जारी गर्यो, आठ प्रकारका क्षति सुरक्षा हुने

बिजमाण्डू
२०७८ फागुन २९ गते १५:२२ | Mar 13, 2022

काठमाडौं । बीमा समितिले  ड्रागन फल र किवी खेती बीमा गर्नका लागि  बीमालेख जारी  गरेको छ । कृषि बीमालाई थप विस्तार गर्नका लागि समितिले ड्रागन र किवि खेतिको बीमालेख जारी गरेको समितिले जनाएको छ ।

Tata
GBIME

उक्त खेतीमा हुने क्षतिविरुद्ध बीमा गर्नको लागि बीमितले बीमाशुल्क भुक्तानी गरेको हुनाले द्विपक्षीय बीमा करारको रुपमा बीमा कम्पनीले यो बीमालेख जारी गरेको छ ।

समितिका अनुसार ड्रागन फल र किवी खेती  बीमाले ८ वटा क्षतिलाई रक्षावरण गर्ने भएको छ । जसमा बीमा अवधिभित्र आगोबाट, हावावाट, पानी वा मौसमबाट, भूमि, आकस्मिक वा दुर्घटनाबाट ,बाह्य कारणबाट हुने क्षति रोग वा किराजन्य क्षतिको रक्षावरण गर्ने बीमालेखमा जारी गरिएको छ ।

साथै यस बीमालेखमा उल्लेख गरिएको बीमा अवधि भित्र आत्महत्या बाहेक अन्य कुनै पनि कारणले मूत्यु भएमा दुबै आँखाको दृष्टि गुमेका लगायतका दुर्घटनाहरुको लागि अतिरिक्त सुविधा समेत दिएको छ । यस्तो अवस्था सिर्जना हुँदा दुर्घटना बीमा बापत बीमाङ्क रकम २ लाख रुपैयाँ कम्पनीले बीमितलाई भुक्तानी गर्ने समितिले जनाएको छ।

अप्रत्यक्ष क्षति अधिकार प्राप्त निकायकाट पुर्याएको क्षति, विकिरणयुक्त पर्दाथ, आणविक रसायनिक तथा जैविक, हतियार, युद्ध युद्धसहरको अवस्था भएमा कम्पनी क्षतिपूर्ति दिने छैन।   बीमा गरिएको बस्तु हराएमा वा चोरी भएमा बीमित वा निजको सम्बन्धित व्यक्तिको लापर्वाहीका कारण ड्रागन फल र किवीको क्षति भएमा भने क्षतिपूर्ति नपाइने  बीमालेखमा जारी गरिएको छ ।

उक्त खेतीको बीमामा आंशिक बीमा गर्न नपाइने बीमालेखमा उल्लेख्य छ  ।  बीमितले एकै क्षेत्रफलमा लगाइएको ड्रागन फल खेतीको आंशिक रुपमा बीमा गर्न नपाउने समितले जनाएको छ ।

समितिका अनुसार बीमाङ्क रकम कायम गर्दा  फलफूल विकास केन्द्र र सो अन्तर्गतका कार्यलयको  सिफारिस र  उक्त कार्यलय  नभएका जिल्लाको हकमा संघ प्रदेश तथा स्थानीय सरकारको सम्बन्धित निकायको कृषि  प्राविधिकबाट सिफारिस गराउनु पर्ने छ ।

ड्रागन फल र किवी खेतीको बीमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न पाइने छैन । उक्त खेतीहरुको बीमाशुल्क बीमाङ्क रकमको ५ प्रतिशतका दरले लाग्ने भएको छ ।

यस बीमालेखमा उल्लेख भएको दुर्घटना बीमा बापत बीमाशुल्क प्रति बिमित पाँचसय रुपैयाँ लाग्नेछ । सामुहिक रुपमा गरिएको ड्रागन फल र किवी खेती बीमाको हकमा बीमालेखमा आवद्ध प्रत्येक व्यक्तिको छुट्टाछुट्टै दुर्घटना बीमा गरेको हुनु पर्छ ।

यस बीमालेख अन्तर्गत कुल बीमाङ्कको ५ प्रतिशत वा १० हजारमध्ये जुन कम हुन्छ सो रकम घटाएर बीमा दावी भुक्तानी हुनेछ ।

ड्रागन फलखेती १५ सय मिटरसम्मको उचाईमा गरेको हुनुपर्ने छ ।  किवी समुन्द्र सतहबाट ८ सय देखी २५ सय मिटरसम्मको  उचाइमा खेती गर्नुपर्ने प्रावधान छ ।