२०७९ सालको सार्वजनिक बिदाको सूची प्रकाशित, कति दिन हुन्छ सरकारी बिदा?, यस्तो छ तालिका

बिजमाण्डू
२०७८ फागुन २६ गते १८:४७ | Mar 10, 2022
२०७९ सालको सार्वजनिक बिदाको सूची प्रकाशित, कति दिन हुन्छ सरकारी बिदा?, यस्तो छ तालिका

काठमाडौं। सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूची तयार गरेको छ। सरकारले कुन महिना कति दिन बिदा दिने उल्लेख गर्दै राजपत्रमा सूचना जारी गरेको हो।

Tata
GBIME
Nepal Life

सुचना अनुसार पहिलो महिना बैशाखमा शनिबार बाहेक एक दिन मात्र बिदा सार्वजनिक बिदा हुनेछ। यस्तै, जेठमा २ गते सोमबार बिदा हुनेछ। असारमा कुनै पनि बिदा छैन। साउन २७ गते सार्वजनिक बिदा दिएको छ। 

यसैगरी, भदौ ३ गते बिदा दिएको छ। असोज १० गते घटस्थापनाको दिन पनि सार्वजनिक बिदा हुनेछ।

दशैं बिदा असोज १६ गते आइतबारदेखि २१ गते शुक्रबारसम्म ६ दिन दिइएको छ।

तिहार बिदा कार्तिक ७ गतेदेखि ११ गतेसम्म पाँच दिन दिइएको छ। यसबाहेक विभिन्न राष्ट्रिय दिवसहरु तथा जातजाति वा धर्म समूदायका चाडपर्वहरुमा गरी थप २० दिन सार्वजनिक बिदा दिइएको छ।

यो सबै मिलाएर २०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा परेको छ।