इसेवाबाट सानेपाको स्टार अस्पतालमा डाक्टरको अपोइन्टमेन्ट लिन सकिने, भुक्तानी पनि इसेवाबाटै

बिजमाण्डू
२०७८ फागुन १६ गते २०:४९ | Feb 28, 2022
इसेवाबाट सानेपाको स्टार अस्पतालमा डाक्टरको अपोइन्टमेन्ट लिन सकिने, भुक्तानी पनि इसेवाबाटै


काठमाडौं। ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने भएको छ। मोबाइल वालेट इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु गरिएको इ-अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै उक्त सेवा लिन सकिने इसेवाले जनाएको छ।

Tata
GBIME

योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी इसेवा मोबाइल एपबाटै गर्न सकिने बताइएको छ।

इसेवा मोबाइल वालेटमा हेल्थ सेक्सनमा गएर स्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छान्न सकिने छ। सोही अनुसार डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र तत्काल भुक्तानी गर्न सकिने इसेवाले जनाएको छ। 

अपोइन्टमेन्ट प्रणालीले बिरामीलाई लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्त हुने विश्वास कम्पनीको छ। अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवा चुस्त बनाउने र बिरामीहरुले सहज रुपमा उपचार पाउने अपेक्षा कम्पनीको छ। कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दै गएको छ। 

कोजेन्ट हेल्थले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ।

कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित इ-अपोइन्टमेन्ट र क्युआर पेमेन्टलगायत कोजेन्ट इएमआर, कोजेन्ट इएमआर वेब जस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन्।