नुप्चे लिखुको विद्युत प्रणालीमा जोड्न २४ किमि प्रसारणलाइन निर्माण हुँदै, ३ वर्षमा सक्ने

बिजमाण्डू
२०७८ फागुन ७ गते १३:२८ | Feb 19, 2022
नुप्चे लिखुको विद्युत प्रणालीमा जोड्न २४ किमि प्रसारणलाइन निर्माण हुँदै, ३ वर्षमा सक्ने

काठमाडौं। भिजन इनर्जी एण्ड पावर कम्पनी प्रालीले नुप्चे लिखुखोला जलविद्युत आयोजनाको विद्युत प्रणालीमा जोड्ने १३२ केभी क्षमताको प्रसारणलाइन निर्माण गर्ने भएको छ। ्

Tata
GBIME

विद्युत विकास विभागले सूचना जारी गर्दै प्रस्तावित प्रसारणलाइन निर्माण तथा संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५  दिनभित्र लिखित राय/प्रतिक्रिया दिन भनेको छ।

प्रसारणलाइन रामेछापको उमाकुण्ड गाउँपालिका अवस्थित नुप्चे लिखु जलविद्युत आयोजनाको विद्युत गृहबाट सोही जिल्लाको गोकुलगंगा गाउँपालिकामा प्रस्तावित नेपाल विद्युत प्राधिकरणको गर्ज्याङ सबस्टेशनसम्म ५७.५ मेगावाट क्षमताको १३२ केभी डबल सर्किट हुनेछ। 

२४ किलोमिटर लम्बाइको यो प्रसारणलाइन १३२००० भोल्ट डबल सर्किट हुनेछ।२४ किलोमिटरको प्रसारणलाइनमा ८४ वटा टावरहरु हुनेछ।

जमिनको सतहबाट टावरको अधिकतम उचाइ ३१.५३ मिटर हुनेछ। न्यूनतम उचाइ ३०.६६ मिटर हुनेछ। आयोजना निर्माणका लागि ४३.२९ हेक्टर जग्गा आवश्यक  पर्छ। जसमध्ये २.०१ हेक्टर स्थायीरूपमा टावर निर्माण तथा पहुँच मार्गका लागि निर्धारण गरिनेछ।

बाँकी जमिन अस्थायीरूपमा राइट अफ वे, भण्डारण,  क्याम्प निर्माण जस्ता कार्यका लागि उपयोग गरिनेछ। तीन वर्षमा निर्माण सक्ने लक्ष्य छ।