गौतम बुद्ध विमानस्थलमा सुरु भयो क्यालिब्रेसन फ्लाइट, दैनिक अधिकतम ७ घण्टा उड्ने

बिजमाण्डू
२०७८ फागुन ६ गते १७:२७ | Feb 18, 2022
गौतम बुद्ध विमानस्थलमा सुरु भयो क्यालिब्रेसन फ्लाइट, दैनिक अधिकतम ७ घण्टा उड्ने


काठमाडौं गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरु भएको छ। एरो थाइ कम्पनीको विशेष जहाज बिहीबार काठमाडौं अवतरण भएसँगै शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

Tata
GBIME

प्राधिकरणका अनुसार उक्त जहाजले दिनमा अधिकतम सात घण्टा उडान भर्नेछ। परीक्षण एक सातासम्म रहने प्राधिकरणले जनाएको छ।

विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एरोस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयार गरिसकेको छ। एरो थाइले उक्त अवधिमा प्राधिकरणका प्राविधिक जनशक्तिलाई इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम (आइएलएस), भीओआर डीएमईबारे तालिम दिने बताइएको छ। हाल गौतम बुद्ध विमानस्थलमा प्राधिकरणबाट ३४ जना कर्मचारी परिचालन भएका छन्। 

गौतमबुद्ध विमानस्थलको निर्माण सुरु हुँदा पहिलोचरणको योजनाअन्तर्गत धावनमार्ग, टर्मिनल र टावरका लागि ६ अर्ब ७२ करोड रुपैयाँ लागेको थियो। यसको अतिरिक्त प्राधिकरणको मात्रै चार अर्ब रुपैयाँ खर्च भएको बताइएको छ।

विमानस्थल निर्माणका लागि एडीबीले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ। आउँदो बुद्ध पुर्णिमादेखि भैरहवा बिमानस्थल संचालनमा ल्याउने प्राधिकरणको तयारी छ।