गौतम बुद्ध विमानस्थलमा भोलिबाट क्यालिब्रेशन फ्लाइट, भैरहवामा विशेष जहाज

बिजमाण्डू
२०७८ फागुन ५ गते १८:३७ | Feb 17, 2022
गौतम बुद्ध विमानस्थलमा भोलिबाट क्यालिब्रेशन फ्लाइट, भैरहवामा विशेष जहाज

काठमाडौ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट सुरु हुने भएको छ। एरो थाइ कम्पनीको विशेष जहाज बिहीबार काठमाडौं अवतरण भएसँगै क्यालिब्रेसन फ्लाइट भोलिबाट सुरु गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।  
प्राधिकरणका अनुसार उक्त जहाजले दिनमा अधिकतम सात घण्टा उडान भर्ने जनाएको छ। क्यालिब्रेसन फ्लाइटको सफलतालगत्तै प्राधिकरण काठमाडौं विमानस्थलको क्षमता विस्तार गर्न टर्मिनल बिल्डिङ निर्माण गर्ने योजनामा रहेको महानिर्देशक प्रदीप अधिकारीले बताए। 

Tata
GBIME

'यो विमास्थलमार्फत धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्छ। भैरहवा विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरह संचालनमा आउनेछ। विमानस्थल संचालनमा आएसँगै काठमाडौं विमानस्थलको चाप कम हुनका साथै धार्मिक पर्यटन प्रबर्द्धन हुनेछ,' महानिर्देशक अधिकारिले भने।

विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एरोस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयार गरिसकेको उनले जानकारी दिए। एरो थाइले उक्त अवधिमा प्राधिकरणका प्राविधिक जनशक्तिलाई इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम (आइएलएस), भीओआर डीएमईबारे तालिम दिने बताइएको छ।  

हाल यो विमानस्थलमा प्राधिकरणबाट ३४ जना कर्मचारी परिचालन भएका छन्। 

गौतमबुद्ध विमानस्थलको निर्माण सुरु हुँदा पहिलो चरणको योजनाअन्तर्गत धावनमार्ग, टर्मिनल र टावरका लागि ६ अर्ब ७२ करोड रुपैयाँ लागेको थियो। यसको अतिरिक्त प्राधिकरणको मात्रै चार अर्ब रुपैयाँ खर्च भएको बताइएको छ। विमानस्थल निर्माणका लागि एडीबीले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ। आउँदो बुद्ध पुर्णिमादेखि भैरहवा बिमानस्थल संचालनमा ल्याउने प्राधिकरणको तयारी छ।