यती एयरलाइन्सको भ्यालेन्टाइन डे अफर, माउन्टेन फ्लाइट जाने एक जोडीलाई रिसोर्टमा फ्रि स्टे

बिजमाण्डू
२०७८ फागुन १ गते १२:२९ | Feb 13, 2022
यती एयरलाइन्सको भ्यालेन्टाइन डे अफर, माउन्टेन फ्लाइट जाने एक जोडीलाई रिसोर्टमा फ्रि स्टे

काठमाडौं। निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले भ्यालेन्टाइन डे लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ। कम्पनीले यो दिन एक जोडीलाई नौ हजार आठ सय ४८ रुपैयाँमै माउन्टेन फ्लाइटको प्याकेज बनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार यो उडानका लागि झ्याल पट्टीको सिटका लागि आठ हजार आठ सय ४८ रुपैयाँ भाडादर निर्धारण गरिएको छ।

यो दिन माउन्टेन फ्लाइट गर्ने भाग्यशाली जोडीले गोकर्ण फरेष्ट रिसोर्टमा निःशुल्क बिबि(बेड एण्ड ब्रेकफास्ट) सहितको नाइट स्टे सुविधा लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो दिन यात्रुले १५ प्रतिशत छुट पाउन सक्नेछन्।

सोमबार आयोजना गर्न लागिएको माउन्टेन फ्लाइटमा कलाकार स्वस्तिमा खड्काको सहभागिता रहने कम्पनीले जनाएको छ।