हिमालयन जनरल इन्स्योरेन्सको नाफा १४.६३% घट्यो, प्रति सेयर आम्दानी ९.४९ रुपैयाँ

बिजमाण्डू
२०७८ माघ २८ गते १३:४७ | Feb 11, 2022
हिमालयन जनरल इन्स्योरेन्सको नाफा १४.६३% घट्यो, प्रति सेयर आम्दानी ९.४९ रुपैयाँ

काठमाडौं। हिमालयन जनरल इन्स्योरेन्सको नाफामा गत वर्षको तुलनामा १४.६३ प्रतिशत घटेको छ। गत आर्थिक वर्ष ६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा ५ करोड २२ लाख रुपैयाँ मात्र कमाएको छ।

Tata
GBIME

एक अर्ब १० करोड ३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड २१ लाख रुपैयाँ सञ्चित छ। जगेडा कोषको आकार गत आर्थिक वर्षको तुलनामा २६ प्रतिशत घटेको छ।   

यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको बीमा कोषमा ६४ करोड ३० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बीमाकोष ८.८३ प्रतिशत वृद्धि भएको देखिन्छ। इन्स्योरेन्सको महाविपत्ति कोषमा एक करोड ९० लाख रुपैयाँ छ, जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा ६२.९६ प्रतिशत घटेको छ। 

यस अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ९.८४ प्रतिशत वृद्धि हुँदै १७ करोड ५९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले १६ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो। 
 
इन्स्योरेन्सले दोस्रो त्रैमाससम्म आइपुग्दा २ हजार ७ सय ९२ वटा बीमालेख बापत २० करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। ५ हजार ४ सय २ वटा बीमालेख बापत ७७ करोड २६ लाख रुपैयाँ भुक्तानी गर्न भने बाँकी रहेको देखिन्छ ।

समीक्षा अवधिमा हिमालयन जनरल इन्स्योरेन्सको प्रति सेयर आम्दानी ९.४९ रुपैयाँ, प्रति सेयर नेटवर्थ १७८.५४ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य २६०.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८१.०२ गुणा रहेको छ।