बैंक स्टेटमेन्ट र कर दाखिलाको विवरण फरक परेपछि दुई फर्मलाई राजस्वको ३६ करोडको मुद्दा

बिजमाण्डू
२०७८ माघ २१ गते १४:१९ | Feb 4, 2022
बैंक स्टेटमेन्ट र कर दाखिलाको विवरण फरक परेपछि दुई फर्मलाई राजस्वको ३६ करोडको मुद्दा

काठमाडौं। राजस्व अनुसन्धान विभागले दुई व्यवसायिक फर्मविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ। ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालि र जुपिटर मिडिया प्रालिविरुद्ध ३६ करोड ५५ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

Tata
GBIME

जुपिटर मिडिया भारतको स्टार इण्डिया प्रालिको नेपालका लागि आधिकारिक बिक्रेता हो। दुई व्यवसायिक फर्मको बैंक स्टेटमेन्ट र कर कार्यालयमा पेश गरेको विवरण फरक परेको दाबी विभागको छ।

बैंकमा धेरै कारोबार देखिए पनि दुवै फर्मको कर विवरणमा कम देखिएपछि कारबाहीका लागि मुद्दा गरिएको हो। 

विभागले मुद्दामा दुई कम्पनीका चार जनालाई विपक्षी बनाएको छ। जसमा ब्रिङ मिडियाका सञ्चालक चन्द्रबहादुर अधिकारी, सुमन क्षेत्री र सुरेन्द्र क्षेत्री छन् । यस्तै जुपिटर मिडिया प्रालिकी निर्देशक अञ्जली अरोरालाई विपक्षी बनाइएको छ। 

चार जनाविरुद्ध ३६ करोड ५५ लाख बिगो मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो।