ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार, देशभर शाखा संख्या २५८ पुग्यो

बिजमाण्डू
२०७८ माघ ६ गते १४:३६ | Jan 20, 2022

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले बाग्मती प्रदेशअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका वडा नं १०, टाखेलस्थित चापागाउँमा शाखा बिस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले उक्त शाखाबाट गत सोमबारदेखि नै कारोबार समेत सुरु गरेको जनाएको छ। 

नयाँ शाखा संचालनसँगै देशभर बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ५८ पुगेको छ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको बैंकले जनाएको छ।